अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ब्यास गाउँपालिका-१ मा एमाले उम्मेदवार विजयी

ब्यास गाउँपालिका-१ मा एमाले उम्मेदवार विजयी


दार्चुला – भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र पर्ने दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार अशोक सिंह बोहराको प्यानल नै विजयी भएको छ ।

बोहरा १९५ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वडाध्यक्षका उम्मेदवार शंकर एतवालले १५६ मत पाए । ६०६ जना मतदाता रहेको यस वडामा ३५५ मत खसेको थियो ।

त्यस क्षेत्र जान नेपालतर्फ बाटो नहुँदा सेनाको हेलिकोप्टरबाट मतपेटिका ढुवानी गरी शनिबार दिउँसोबाट मतगणना सुरु गरिएको ब्यास गाउँपालिका निर्वाचन अधिकृत कोसलेस्वर ज्ञवालीले बताउनु भयो ।