अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङको आठराई, पाथीभरा याङ्वरक र सिरीजंगामा एमाले अगाडि

ताप्लेजुङको आठराई, पाथीभरा याङ्वरक र सिरीजंगामा एमाले अगाडि


ताप्लेजुङ – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सत्ता गठबन्धन पछाडि परेको छ । नेकपा (एमाले)का उमेदवारले अग्रता कायम गरेका छन् ।

अध्यक्ष पदमा अहिलेसम्म एमालेका दीपेन पोमूले ७४१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका विश्वनाथ सिटौलाले ७३८ मत ल्याउनुभएको छ । उपाध्यक्षमा एमालेकी शान्ता आङवुहाङ ७१५ मत प्राप्त गर्दा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार प्रजिन हाङवाङले ६८८ मत पाउनुभएको छ ।

यता, पाथीभरा याङ्वरक गाउँपालिकामा पनि एमाले अगाडि लागेको छ । अध्यक्ष पदमा एमालेका उमेदवार केशरकुमार मेन्याङवो ८१४ मत पाउँदा गठबन्धनबाट कांग्रेसका उमेदवार राम थेबेले ७२४ मत ल्याउनुभएको छ ।

उपाध्यक्षमा एमालेका उमेदवार रनमाया गुरुङ ९९१ मतका साथ अघि बढ्दा माओवादी केन्द्रका उमदेवार कुमार मेन्याङबोले ३८५ मत पाउनुभएको छ ।

यस्तै, सिरीजंगा गाउँपालिकामा पनि एमाले अगाडि छ । गाउँपलिकाको अध्यक्ष पदमा एमालेका सन्तोष चाम्लिङले ४८८ मत प्राप्त गर्दा कांग्रेसका लालकृष्ण चौहानले ३१७ मत ल्याउनुभएको छ ।

उपाध्यक्षमा पनि एमालेको अग्रता छ । एमालेका उमेदवार तुलसा बस्नेतले ४६१ मत प्राप्त गर्दा गठबन्धनबाट माओवादीका उमेदवार डा. चित्र माबोले २६१ मत प्राप्त गर्नुभएको छ ।