अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनुषामा धनौजी गाउँपालिकाको मतगणना स्थल तनावग्रस्त, एकजना घाइते

धनुषामा धनौजी गाउँपालिकाको मतगणना स्थल तनावग्रस्त, एकजना घाइते


जनकपुरधाम – धनुषाको धनौजी गाउँपालिकाको मतगणना स्थल तनावग्रस्त बनेको छ। खसेको भन्दा बढी मत पेटिकामा भेटिएको भन्दै विवाद भएका भएको हो। धनौजी गाउपालिका १ को लखौरी गाउँको मतगणनाका क्रममा यस्तो विवाद देखिएको हो। जसका कारण मतगणना स्थल तनावग्रस्त बनेको हो।

प्रहरीले प्लास्टिकको गोली चलाउनुका साथै अश्रुग्यास समेत प्रहार गर्दा प्लास्टिकको गोली लागेर स्थानीय कासिम आजाद घाइते भएका छन्। कासिमको बायाँ खुट्टामा गोली लागेको नेकपा एकीकृत समाजवादीका नेता राजकुमार यादवले जानकारी दिनुभयो ।

केही सेल अश्रुग्यास र २५ राउन्ड हवाई फायर गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताउनुभयो। उहाँका अनुसार ढुंगा लागेर एक जना प्रहरी पनि घाइते भएको र बिहानैदेखि विवाद र तनावका कारण मतगणना स्थागित भएको छ।

एकीकृत समाजवादीले मतदान र मतगणनामा धाँधली भएको भन्दै पुनः मतदान गर्नुपर्ने माग गर्दै मतगणना स्थलमा धर्ना दिएका छन्। खसेको भन्दा १५ वटा मतपत्र वडा १ मा र वडा २ धनौजी मा ४ वटा मत बढी भेटिएपछि झडप भएको छ। अहिले मतगणना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएका छ।