अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिरहामा प्रहरीको हवाई फायर, ३१२ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

सिरहामा प्रहरीको हवाई फायर, ३१२ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ


काठमाडौं-सिरहामा प्रहरीले हवाई फायर गरेर ३१२ ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले सिरहा नगरपालिका–१३, मल्हनियाबाट उनीहरूलाई पक्राउ गरेको हो। भारतबाट मोटरसाइकलमा खैरो हेरोइन लिएर नेपालतर्फ आउँदै गरेका उनीहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो।

पक्राउ पर्नेमा भारतका ४४ वर्षीय लाल बाबु सिंह र २६ वर्षीय धमेन्द्र दास रहेका छन्। उनीहरूको साथबाट ३१२ ग्राम खैरो हेरोइन बरामद गरिएको लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले जानकारी दिएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।