अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुन पार्टीले कति जिते वडाध्यक्ष ?

कुन पार्टीले कति जिते वडाध्यक्ष ?


काठमाडौं – स्थानीय तहको मतपरिणाम आउनेक्रम जारी छ । निर्वाचन आयोगले सार्वजनिक गरेको सोमबार दिउँसो १२ बजेसम्मको परिणामअनुसार कांग्रेसले १ हजार ९ वडामा विजय हासिल गरेको छ । कांग्रेसले १ सय ४ वडामा अग्रता लिइरहेको छ ।

वडा जित्नेमा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेका ७ सय ८६ वडाअध्यक्षका उम्मेदवारले जित हासिल गरेका छन् । एमालेका ९३ वडा अध्यक्ष उम्मेदवारले अग्रता लिइरहेका छन् ।

नेकपा (माओवादी केन्द्र)ले ४ सय ४० वडामा जित हासिल गरेको छ । उसका ४२ वडाअध्यक्ष उम्मेदवारले अग्रता लिइरहेका छन् । चौथो नम्बरमा एकीकृत समाजवादी रहेको छ ।

एकीकृत समाजवादीका ६२ वडाध्यक्ष उम्मेदवारले जित हासिल गरेका छन् भने ६ जनाले अग्रता लिइरहेका छन् । अन्य राजनीतिक दल र स्वतन्त्र गरी १ सय ६३ वडाध्यक्षले जित हासिल गरेका छन् भने ४६ जनाले अग्रता लिइरहेका छन् ।

कतिपय स्थानीय तहको मतपरिणाम आयोगले सार्वजनिक गरिसकेको छै । हालसम्मको यो डेटाअनुसार कांग्रेस अग्रस्थानमा देखिएको छ ।