डोल्पा – नेकपा एकीकृत समाजवादीलाई पराजित गरेर नेपाली कांग्रेसले डोल्पाको ठूलीभेरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा जित हासिल गरेको छ ।
कांग्रेसका स्वर्णबहादुर बुढा १ हजार २८६ मतसहित नगरप्रमुखमा निर्वाचित हुनु भएको छ । निकटतम प्रतिस्पर्धी नेकपा एसका कर्णबहादुर रोकायाले ९४५ मत ल्याउनु भएको थियो ।
उपप्रमुखमा कांग्रेसकी छिरिङ डोल्मा महत विजयी हुनु भयो । उहाँले ८४८ मत ल्याउँदा राप्रपाका निर्मलकुमार भण्डारीले ६८६ मत प्राप्त गर्नु भएको थियो ।






प्रतिक्रिया