अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपमहानगरहरूको पछिल्लो मतपरिणाममा कुन पार्टी कुन स्थानमा ?

उपमहानगरहरूको पछिल्लो मतपरिणाममा कुन पार्टी कुन स्थानमा ?


काठमाडौं — स्थानीय तह निर्वाचनमा मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेसले ५० स्थानमा र नेकपा एमालेले ४७ स्थानमा प्रमुख पदमा जित हात पारेको छ । नेकपा माओवादी केन्द्रले भने २६ स्थानमा जितेको छ ।

अग्रस्थानमा पनि कांग्रेस नै छ । कांग्रेस २५१ स्थानमा अग्रस्थानमा छ । एमालेले १४० स्थानमा अग्रता बनाइरहँदा माओवादीले ८९ स्थानमा अग्रता बनाएको छ । त्यस्तै ६ महानगरमध्ये काठमाडौंमा स्वतन्त्र, भरतपुरमा एमाले र ४ मा गठबन्धनले अग्रता बनाइरहेको छ ।

११ वटा उपमहानगरमध्ये दाङको तुलसीपुरको वडा नम्बर १७ मा जेठ ३ गते चुनाव हुने भएको छ । त्यहाँ वडाध्यक्षका उम्मेदवारको मृत्यु भएकाले चुनाव सरेको थियो ।

अन्यमा धनगढी र जनकपुरमा स्वतन्त्र उम्मेदवार अगाडि रहेका छन् । त्यस्तै बाराको कलैया र दाङको घोराहीमा एमाले अगाडि रहेको छ भने बाँकीमा गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् ।