अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाल्पाको माथागढीको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पाल्पाको माथागढीको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी


पाल्पा – पाल्पाको माथागढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा एमालेका यमबहादुर चिदी र उपाध्यक्षमा विष्णुमाया लुङचे निर्वाचित हुनु भएको हो । अध्यक्षमा निर्वाचित भएका चिदीले ६ हजार १०९ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोषकुमार थापाले ५ हजार ५५४ मत पाउनु भएको छ ।

यस्तै उपाध्यक्षमा निर्वाचित एमालेकी लुङचे ५ हजार ८८२ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसकी विजयाकुमारी भट्टराईले ५ हजार ६४४ मत पाएका छन् ।

२०७४ सालमा मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो । तर यसपटक दुवै पदमा एमालेले कांग्रेसलाई पराजित गरेको छ ।