अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिर्तामोड नगरपालिकामा एमाले विजयी

बिर्तामोड नगरपालिकामा एमाले विजयी


बिर्तामोड — झापाको बिर्तामोड नगरपालिकाको मेयरमा एमाले उम्मेदवार पवित्रा महतारा विजयी हुनुभएको छ। मेयरमा महतारा र उपमेयरमा एमालेका नगेन्द्र संग्रौला निर्वाचित हुनुभएको हो।

शुक्रबार सम्पन्न मतगणनामा बिर्तामोडको मेयरमा निर्वाचित महताराले कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७ सय ५८ मतान्तरले पराजित गर्नुभयो। प्रसाईले १६ हजार ५ सय २० मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी सिटौलाले १२ हजार ७ सय ६२ मत मात्र पाउनुभयो ।

उपमेयरमा निर्वाचित संग्रौलाले प्रतिद्वन्द्वी माओवादी केन्द्रका चन्द्रप्रसाद (सीपी) कडरियालाई ७ हजार १ सय ३५ मतान्तरले पराजित गर्नुभयो ।

संग्रौलाले १५ हजार ५ सय ८६ मत पाए भने कडरियाले ८ हजार ४ सय ५१ मत पाउनुभयो । महतारा जिल्लामा नगरपालिकाको मेयर पदमा निर्वाचित पहिलो महिला बनेकी छन् । उनी अघिल्लो कार्यकाल बिर्तामोडको उपमेयर हुनुहुन्थ्यो ।