अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङमा किन बढ्यो बदर मत ? तीन हजार ७४१ मतमा ९०६ बदर

दाङमा किन बढ्यो बदर मत ? तीन हजार ७४१ मतमा ९०६ बदर


दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाको एउटै वडामा ९०६ मत बदर भएका छन् । तीन हजार ७४१ मत खसेकामा ९०६ मत बदर भएको हो । बदर भएको उक्त मत उपप्रमुखको हो ।

तुलसीपुर–५ बाट उक्त मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताउनुभयो । उहाँका अनुसार यो बदर मत अत्यधिक हो ।

त्यस्तै तुलसीपुर–४ बाट पनि त्यत्तिकै मत बदर भएका छन् । त्यस्तै चार हजार १७७ मत खसेको तुलसीपुर–४ बाट ८६१ मत बदर भए । तुलसीपुर–१ बाट ३९६, तुलसीपुर–२ बाट ३६४ मत बदर भएका छन् ।

यसपटक धेरै दलको गठबन्धन भएको र एउटै पदमा धेरै छाप लगाएकाले धेरै बदर रहेको उहाँले बताउनुभयो ।