अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोदावरी र महालक्ष्मी नगरपालिकाका मेयरद्वारा शपथ

गोदावरी र महालक्ष्मी नगरपालिकाका मेयरद्वारा शपथ


ललितपुर – ललितपुर ज़िल्लाको गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाका मेयरले शपथ ग्रहण गरेका छन्।

आज ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा गोदावरी महानगरका नवनिर्वाचित मेयर गजेन्द्र महर्जन र महालक्ष्मीका हरीगोविन्द श्रेस्ठले शपथ ग्रहण गर्नु भएको हो ।

शपथ ग्रहण ललितपुर ज़िल्ला अदालतका मुख्य न्यायाधीश किरण कुमार सिवाकोटीले गराउनु भयो । शपथ ग्रहण कार्यक्रमना ललितपुरका प्रमुख ज़िल्ला अधिकारी घनश्याम उपाध्याय उपास्थित भएका थिए।

कार्यक्रममा मुख्य न्यायाधीश सिवाकोटिले नवनिर्वाचित मेयरलाईं बधाई दिनु हुँदै जनताको आसा अपेक्षा अनुसार काम गर्न अनुरोध गर्नुभयो । उहाँले भन्न्भयो, ‘जनताका आसा अपेक्षा धेरै छन्। तो आसा अपेक्षा पूरा गर्ने गहन जिम्मेवारी तपाईको काधमाँ आएको ६ जनतालाई निरास नबनाउनु होला।’

ललितपुरको प्रमुख निर्वाचन आयुक्त श्रदा रिजाल नवनिर्वाचित प्रतिनिधिलाईं बधाई दिनु भयो ।