अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भानुभक्त ढकालको निर्वाचन क्षेत्रमा एमालेको क्लिन स्वीप

भानुभक्त ढकालको निर्वाचन क्षेत्रमा एमालेको क्लिन स्वीप


मोरङ – मोरङको ३ नम्बर क्षेत्रका चार पालिकामा एमालेले क्लिन स्वीप गरेको छ

नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालको निर्वाचन क्षेत्र सुन्दरहरैचा नगरपालिका, बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाको प्रमुखमा एमालेका उम्मेदवाहरु विजयी भएका छन् ।

बेलबारी नगरपालिकामा एमालेका मेयरका उम्मेदवार दिलबहादुर राइले १६ हजार ४२२ मत ल्याएर विजयी हुनु भयो । उहाँले कांग्रेसका उम्मेदवार महेन्द्र प्रसाद सुवेदीलाई पराजित गर्नु भएको हो ।

यस्तै पथरी शनिश्चरेमा एमालेका तर्फबाट उम्मेदवार मोहन प्रसाद तुम्वापो विजयी भएका हुन् । कांग्रेसका नगेन्द्र बहादुर सुब्बाले ११ हजार १४६ मत ल्याउनु भएको थियो ।

यस्तै कानेपोखरी गाउँपालिकामा एमालेले महिलालाई अध्यक्षका उम्मेदवार बनाएका थिए । एमालेबाट अध्यक्षका उम्मेदवार बनेका राजमति इङनाम गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भयो ।

सुन्दर हरैचामा एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेका केदार प्रसाद गुरागाँईले २१ हजार ४०५ मत ल्याएर विजयी हुनु भयो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका शिवप्रसाद ढकाललाई ७२७ मतान्तरले पराजित गर्नुभयो । मोरङको ३ नम्बर क्षेत्र भित्र पर्ने चार पालिका संघीय सांसद भानुभक्त ढकालको निर्वाचन क्षेत्र हो ।