अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भरतपुर महानगरपालिकाको उपमेयरमा चित्रसेन अधिकारी विजयी

भरतपुर महानगरपालिकाको उपमेयरमा चित्रसेन अधिकारी विजयी


चितवन – भरतपुर महानगरपालिकाको उपमेयर पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी विजयी हुनु भएको छ । मतगणना नसकिँदै उहाँले विजय हासिल गर्नु भएको हो ।

भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो । जसमा  १ लाख १३ हजार ८७७ मत गणना सकिइसक्दा सत्ता गठबन्धनका उम्मेदवार चित्रसेनले ४७ हजार २२८ मत पाउनु भएको छ ।

उहाँले १९ हजार ५१४ को मतान्तर बनाउनु भयो । अब भरतपुरमा १३ हजार ६८९ मत गन्न बाँकी हुँदा अधिकारीले १९ हजार बढी मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै विजयी हुनु भएको हो । यस्तै भरतपुरमा सत्ता गठबन्धनकै मेयर उम्मेदवार रेनु दाहाल पनि जित नजिक पुगेकी छन् ।