अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेयरबाट विदा हुँदै गर्दा पर्शुराम नेपालको भावुक मन्तव्य -महालक्ष्मीको डाँडामा फेरी घाम उदाउनेछ

मेयरबाट विदा हुँदै गर्दा पर्शुराम नेपालको भावुक मन्तव्य -महालक्ष्मीको डाँडामा फेरी घाम उदाउनेछ


धनकुटा- एमालेको किल्लाको रुपमा रहेको धनकुटाको महालक्ष्मी नगरपालिकाको मेयरमा गठबन्धनले जितेपछि निवर्तमान मेयर पर्शु नेपालले आम मतदातालाई निराश नुहन भन्नुभएको छ ।
आफ्नो पदावधी सकेर विदा हुँदै गर्दा एक धन्यवाद पत्र सार्वजनिक गर्दै नेपालले महालक्ष्मीमा फेरी सूर्य उदाउने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपालले पहिलो पटक आफू मेयर जितेर नगरपालिकामा आँउदा कुनै संरचना नभएकोले शुन्यबाट काम थालेर अहिलेको अवस्थामा ल्याइपुर्याएको स्मरण गर्नुभएको छ । नगरबासीका लागि आफूले सकेसम्म राम्रो काम गरेको दाबी गर्दै कहींकतै गल्ती भए क्षमा दिन नगरबासीलाई अनुरोध गर्नुभएको छ ।
धन्यवाद ज्ञपानमा नेपालले लेख्नुभएको छ आज गाउँका बा आम सुस्ताउने चौतारी गाउँमा बनेका छन्,रुदैं गरेका नानीहरु भुलाउन पार्क बनेका छन् । गाउँभरी सडकका रेखा कोरिएका छन् । यो दुर्गम गाउँको नगरपाकलालाई सहरी सुविधा दिने भरपुर प्रयत्न हामीले गरेका थियौं ।
महालक्ष्मीमा एमाले हारे पनि त्यसलाई घाम अस्ताएको रुपमा नबुझ्न नगरबासीलाई नेपालले आग्रह गर्नुभएको छ । नेपालले लेख्नुभएको छ यस बर्ष महालक्ष्मीमा बादलले घामलाई छेक्यो । तर घाम अस्ताएको होइन । महालक्ष्मीको डाँडामा फेरी घाम उदानेछ । बादल केही समयमा नै फाट्छ । कसैले चिन्ता गर्नु पर्दैन ।

महालक्ष्मीमा एमालेका दिपक बुढाथोकीलाई पराजित गरेर काँग्रेसको ध्रुव राय मेयर बन्नुभएको छ ।