अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकामा गोली काण्ड बढेको बढ्यै,हिजो मेडिकल कलेजमा गोली चल्दा चारजनाको मृत्यू

अमेरिकामा गोली काण्ड बढेको बढ्यै,हिजो मेडिकल कलेजमा गोली चल्दा चारजनाको मृत्यू


काठमाडौं -अमेरिकाको ओक्लाहोमास्थित एक मेडिकल सेन्टरमा बुधबार अन्धाधुन्ध गोली आक्रमण हुँदा चारजनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार ओक्लाहोमाको टुल्सामा रहेको मेडिकल सेन्टरमा हतियारधारीले गरेको अन्धाधुन्ध आक्रमणमा धेरै मानिसहरु घाइते पनि भएका छन्।
प्रहरीले दिएको जानकारीअनुसार आक्रमणकारीले घटनापछि आत्महत्या गरेका छन्। प्रहरीका अनुसार आक्रमण भएको सूचना प्राप्त भएको तीन मिनेटमा प्रहरी घटनास्थलमा पुगेको थियो।
यसअघि गत साता अमेरिकाको टेक्सासमा भएको अन्धाधुन्ध गोली आक्रमणमा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो।

पछिल्लो समय अमेरिकामा हतियार नियन्त्रण गर्नुपर्ने आवाज उठिरहेको समयमा गोली आक्रमणका घटना पनि बढेका छन्।

Skip This