अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनमा पाँच दल एकातिर हुँदा पनि एमालेको लोकप्रिय मत आयो : अध्यक्ष ओली

निर्वाचनमा पाँच दल एकातिर हुँदा पनि एमालेको लोकप्रिय मत आयो : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पाँच दल एकातिर हुँदा पनि नेकपा एमालेको परिणाम राम्रो आएको बताउनु भएको छ ।

पार्टीको जनसंगठन समन्वय संयन्त्रको बैठकलाई बिहीबार सम्बोधनका क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीको भनाइ उदृत गर्दै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भन्नुभयो- ‘जनताले नेकपा एमाले लाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी जनताप्रति आभारी छौं । तर, समस्या हामीभित्रै देखिएको छ । आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुबैले हार्ने स्थिति बन्यो । नेताहरूबीच मेल भएन, टीम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ ।’

उक्त बैठकमा अध्यक्ष ओलीले स्थानीय तह निर्वाचन परिणामबारे विश्लेषण गर्दै  उहाँले भन्नुभयो, ‘यो निर्वाचनमा एकातिर एमाले थियो। अर्कातिर पाँच दल थिए। यति हुँदा पनि एमालेको लोकप्रिय मत आयो ।’

Skip This