अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिसस कैलालीका लागि एमालेसहित तीन पार्टीबीच गठबन्धन

जिसस कैलालीका लागि एमालेसहित तीन पार्टीबीच गठबन्धन


धनगढी – जिल्ला समन्वय समितिको निर्वाचनका लागि धनगढीमा नेकपा (एमाले), नेकपा (माओवादी) र नागरिक उन्मुक्ति पार्टीबीच गठबन्धन गर्ने सहमति भएको छ ।

कैलालीको जिससमा प्रमुख नागरिक उन्मुक्ति, उपप्रमुख एमाले र चार सदस्य माओवादी लिने सहमति भएको छ । योसँगै समन्वय समितिको निर्वाचनमा गठबन्धनमा जाने भएका हुन् ।

एमाले र माओवादी मिलेर नागरिक उन्मुक्ति पार्टीको नेतृत्व दिने सहमति भएको छ । एमाले र माओवादीसँगको सहकार्यमा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्तिले जिसस प्रमुख पाउने भएको हो । प्रमुखसँगै नागरिकले थप दुई सदस्य लिने सहमति र भएको छ ।

यस्तै, एमालले उपप्रमुख र एक सदस्य पाउने सहमति भएको एमाले कैलालीका सचिव डेजी पाण्डेयले बताउनुभयो । यस्तै, माओवादीले चार जना समन्वय समितिका सदस्य पाउने भएको छ । १३ स्थानीय तह रहेको कैलालीमा जिसस बनाउन १४ जना प्रमुख र उपप्रमुख आवश्यक हुन्छ ।

नागरिक उन्मुक्ति, एमाले र माओवादी मिल्दा १६ जना पुग्छन् । कैलालीमा नागरिक उन्मुक्तिले चार प्रमुख र तीन उपप्रमुख जितेको छ । एमालेले दुई प्रमुख र तीन उपप्रमुख जितेको छ । यस्तै, माओवादीले दुई प्रमुख र दुई उपप्रमुख जितेको छ । यस्तै, गरेर कांग्रेसले तीन प्रमुख र पाँच उपप्रमुख जितेको छ । यस्तै, एकीकृत समाजवादी र स्वतन्त्रले १ र १ प्रमुख जितेका छन् ।

कैलालीमा कांग्रेस, माओवादी र समाजवादी मिलेर स्थानीय तह चुनाव लडेका थिए । कैलालीमा यसअघि एमालेले प्रमुख, उपप्रमुख र बहुमत सदस्यसहित जिसस बनाएको छ ।