अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुर जिल्लासभाको पहिलो बैठक, के के आए प्रस्ताव ?

भक्तपुर जिल्लासभाको पहिलो बैठक, के के आए प्रस्ताव ?


भक्तपुर – भक्तपुर जिल्लासभाको आज सम्पन्न पहिलो बैठकले जिल्ला समन्वय समिति गठनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइदिन आग्रह गरेको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन महिला र कम्तीमा एक दलित वा अल्पसङ्ख्यकसहित बढीमा नौ सदस्य रहेको जिल्ला समन्वय समिति गठन गर्नुपर्ने संबैधानिक व्यवस्थाअनुरुप निर्वाचन प्रक्रिया अगाडि बढाइदिन मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकले वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने मतदाता, राजनीतिक दल, निर्वाचन आयोग, निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारी, सञ्चारकर्मी, पर्यवेक्षकलगायतलाई धन्यवाद प्रस्ताव पारित थियो ।

बैठकमा सूर्यविनायक नपाका प्रमुख वासुदेव थापा, चाँगुनारायण नपाका प्रमुख जीवन खत्री, मध्यपुरथिमी नपाका प्रमुख सुरेन्द्र श्रेष्ठ, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, सूर्यविनायक नपाका उपप्रमुख सरिता भट्टराई र मध्यपुरथिमी नपाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ र जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेको सहभागिता थियो । जिल्लासभामा नगर प्रमुख र उपप्रमुख सदस्य रहने व्यवस्था छ ।