अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, चुनावको समीक्षा गरिने

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, चुनावको समीक्षा गरिने


काठमाडौं – स्थानीय तह निर्वाचनको समीक्षा गर्न नेकपा एकीकृत समाजवादी (एस)को सचिवालय बैठक बस्दैछ ।

केन्द्रीय कार्यालय तीनकुनेमा दिउँसो बैठक बस्ने एसका नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार आजको बैठकमा मुख्यगरी निर्वाचनको समीक्षा हुनेछ । बैठकमा समसामयिक विषय, पार्टीको आगामी दिशालगायतका विषयमा पनि कुराकानी हुने बताए ।

बैठकमा एसका सचिवालय सदस्य अध्यक्ष माधवकुमार नेपालसहित झलनाथ खनाल, राजेन्द्रप्रसाद पाण्डे, जयन्ती राई, बेदुराम भुसाल, गंगाराम तुलाधार, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, मुकुन्द न्यौपाने, प्रवेश हमाललगायतको उपस्थिति रहने छ ।