अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डसँग उदयपुरका माओवादी विद्रोही समूहको माग- जिल्ला इन्चार्ज सुरेश राई, संयोजक र सचिवलाई बखास्त गरियोस्

प्रचण्डसँग उदयपुरका माओवादी विद्रोही समूहको माग- जिल्ला इन्चार्ज सुरेश राई, संयोजक र सचिवलाई बखास्त गरियोस्


काठमाडौं – नेकपा माओवादी केन्द्र उदयपुरको विद्रोही समूहले जिल्लामा माओवादी केन्द्रका इन्चार्ज, संयोजक र सचिवलाई बर्खास्त गर्न प्रचण्डसँग माग गरेको छ ।

माओवादी केन्द्रको उदयपुर नेतृत्वले पटक-पटक पार्टी विधानविपरीत काम गरेको भन्दै उक्त समूहले जिल्ला इन्चार्ज सुरेश राई, संयोजक दिवस कटुवाल र सचिव किरण राईलाई बर्खास्त गर्न पार्टी अध्यक्षसँग माग गरेको हो ।

प्रचण्ड निवास खुमलटारमा जिल्लाबाट काठमाडौंमा आएका पाँच दर्जन नेता-कार्यकताले जिल्ला इन्चार्ज, संयोजक र सचिवलाई कारबाही नगरे आफूहरुले पार्टी त्याग्ने चेतावनीसमेत दिएको उदयपुरका माओवादी संस्थापक भीम अधिकारी ‘अनिल’ले बताउनु भयो ।

जिल्लाको मुख्य नेतृत्वले सङ्गठन निर्माण र पार्टी योजनामा एकलौटी र मनोमानी गर्ने, वरिष्ठ, इमानदर र पार्टीप्रति दृढ कार्यकर्ताहरुलाई विस्थापित गर्ने, विधानविपरीत जिल्ला समन्वय सचिव तोक्ने जस्ता निर्णयविरुद्ध विभिन्न समयमा सचेत गराउँदै निर्णय सच्याउन माग गरेकोमा हालसम्म सुनुवाइ नभएकाले उदयपुरको जिल्ला इन्चार्ज, अध्यक्ष र सचिवको बर्खास्तीको लागि आफूहरु अध्यक्षकोमा पुगेको अधिकारीले जानकारी दिनु भयो ।

नेताहरुले अझै पनि गडबढी गर्ने सुरेश राईलाई कारबाही नगरे आफूहरु माओवादी छाड्न बाध्य हुनेतर्फ अध्यक्षलाई सचेत गराइएको उहाँको भनाइ छ ।

उदयपुरमा सशस्त्र युद्धको समयमा २०५९ सालमा माओवादीसँग एकता भएको गोपाल किराँती नेतृत्वको किराँत वर्कसबाट आएका नेता र पूर्वमाओवादी नेताहरुबीच अन्तरसंघर्ष हुँदै आएको छ । यही कारण गत स्थानीय निर्वाचनमा माओवादीले उदयपुरमा क्षति व्यहोर्नु परेको माओवादी केन्द्रले जनाएको छ ।