अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा मनाङमा

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा मनाङमा


काठमाडौं-बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा मनाङमा भएको छ । आज बिहान ६:२४ बजेको विवरण अनुसार मनाङ जिल्लाको ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर वर्षा मापन भएको छ ।

मौसम विज्ञान विभागका अनुसार २४ घण्टाको बीचमा १०० मिलिमिटर भन्दा धेरै र २०० मिलिमिटर भन्दा कम वर्षा भएमा धेरै भारी वर्षा भन्ने गरिन्छ। २०० मिलिमिटर भन्दा बढी पानी परेमा अति भारी वर्षा भनिन्छ ।

चक्रवात अर्नबको अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेकाले देशभर वर्षा भइरहेको छ । अहिले अधिकांश स्थानहरुमा मध्यम वर्षा तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा मधेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि मापन भएको छ ।

शुक्रबार राति १० बजेको विवरण अनुसार ३ घण्टा अवधिमा सबैभन्दा धेरै वर्षा मुगुको ताल्चामा ७६.९ मिलिमिटर वर्षा मापन भएको थियो ।