अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिक्किम सरकारले रोक्यो ‘कबड्डी ४’को प्रदर्शन

सिक्किम सरकारले रोक्यो ‘कबड्डी ४’को प्रदर्शन


काठमाडौं – भारतको सिक्किम सरकारले नेपाली फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाएको छ ।

राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्यालमा राख्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रदर्शनमा रोक लगाउने निर्णय भएको बताउनुभएको छ ।

‘सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म सिक्किममा कबड्डी ४ को प्रदर्शनमा रोक लगाउने निर्णय भएको छ,’ उहाँले उल्लेख गर्नुभयो ।

सिक्किममा यो फिल्म शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो । गत साता अलइण्डिया बुद्धिस्ट फोरमसहित त्यहाँका बौद्ध धर्मगुरुले पत्रकार सम्मेलन गर्दै फिल्मलाई रोक लगाउन आग्रह गरेका थिए ।

‘कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि उजुरी परेको छ ।