अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुदूरपश्चिम सरकारले ल्यायो ३६ अर्ब ७४ करोडको बजेट (पूर्णपाठ)

सुदूरपश्चिम सरकारले ल्यायो ३६ अर्ब ७४ करोडको बजेट (पूर्णपाठ)


कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोड बढीको बजेट ल्याएको छ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावलले बुधबार प्रदेश सभामा अगामी आर्थिक वर्षको लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका छन्।

जसमा चालूतर्फ ३३.४६ प्रतिशत अर्थात १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार बजेट विनियोजन गरिएको छ। पुँजीगततर्फ ६५.७४ अर्थात् २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार बजेट विनियोजन गरिएको छ।

यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ ३.७१ प्रतिशत अर्थात १ अर्ब ३६ करोड ४० लाख र वित्तीय व्यवस्थापनतर्फ ०.८२ प्रतिशत अर्थात ३० करोड बजेट विनियोजन गरिएको छ।

चालू आर्थिक वर्ष २०७८/७९ भन्दा आगामी आर्थिक वर्षको बजेटको आकार बढेको  छ। आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट ल्याएको थियो।

हेर्नुहोस् पूर्णपाठ