अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट


धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ।

आइतबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री चक्र मल्लले बजेट प्रस्तुत गरेका हुन्।

बजेट सार्वजनिक भएसँगै लामो समयदेखि अन्योलमा रहेको प्रदेश सरकारको आर्थिक तथा विकास निर्माणसम्बन्धी काम अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमार्फत चालु आर्थिक वर्षका लागि प्रदेशको आर्थिक गतिविधि, विकास निर्माण तथा सरकारी कार्यक्रम सञ्चालनका लागि आवश्यक स्रोत परिचालन गर्ने बाटो खुलेको छ।