अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीको बजेट ४२ अर्ब ९१ करोड ४४ लाख (पूर्णपाठ)

लुम्बिनीको बजेट ४२ अर्ब ९१ करोड ४४ लाख (पूर्णपाठ)


लुम्बिनी – लुम्बिनी प्रदेशले ४२ अर्ब ४३ करोड बजेट ल्याएको छ।

आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले प्रदेश सरकारका आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उक्त बजेट विनियोजन गर्नु भएको हो ।

चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ४० अर्ब ९५ करोडको बजेट विनियोजन गरेकोमा यो वष आकार बढाएर विनियोजन गरिएको हो।

चालू खर्चतर्फ १३ अर्ब ३२ करोड अर्थात् ३१.२६ प्रतिशत र पुँजीगत खर्च २४ अर्ब ४७ करोड अर्थात् ५७. ५१ प्रतिशत रहने अनुमान गरिएको छ।

स्थानीय तहको लागि ४ अर्ब ८३ करोड वित्तीय हस्तान्तरण गर्ने भएको छ। बजेटको ११ प्रतिशत स्थानिय तहमा जाने भएको छ।

कुल बजेटमध्ये खर्चको स्रोततर्फ आन्तरिक राजस्वबाट ३ अर्ब १० करोड, राजस्व बाँडफाँडबाट १५ अर्ब ३५ करोड र रोयल्टीबाट ७० करोड हुने अनुमान गरिएको छ। 

संघीय सरकारबाट वित्तिय समानिकरण अनुदान ८ अर्ब ५४ करोड, सशर्त अनुदानबाट ८ अर्ब ७१ करोड, समपूरक अनुदानबाट ७३ करोड, विशेषअनुदानबाट ४८ करोड छ। 

चालू आर्थिक वर्षको बचत रकम ४ अर्ब रहने र आन्तरिक ऋण १ अर्ब परिचालन हुने अनुमान गरिएको छ।

हेर्नुहोस् बजेटको पूर्णपाठ