अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्षाले चीनको जियाङ्सीमा चार लाख बढी प्रभावित

वर्षाले चीनको जियाङ्सीमा चार लाख बढी प्रभावित


नानचाङ – पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ । सो क्षेत्रमा करिब ४ लाख ८५ हजार बासिन्दाहरू अविरल वर्षाबाट प्रभावित भएका छन्।

शनिबार दिउँसो ३स्०० बजेदेखि सोमबारसम्मको भारी वर्षा र बाढीका कारण जियाङ्सीका ५५ काउन्टीमा ४३ हजार ३०० हेक्टर बाली प्रभावित भएको थियो । मुख्यालयका अनुसार बाढीबाट प्रत्यक्ष आर्थिक क्षति ४७० मिलियन युआन ९करिब ७०।४ मिलियन अमेरिकी डलर० पुगेको छ।

स्थानीय मौसम विभागले मङ्गलबार जियाङ्सीमा वर्षा अलिकति कमजोर भए पनि यसको दक्षिणी र पूर्वी भागमा भारी वर्षा हुने जनाएको छ । वर्षाको प्रभाव बुधबार उत्तर याङ्जीा नदी तर्फ सर्नेछ।