अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

५ देखि ११ वर्ष उमेर समुहका बालबालिकालाई आजबाट कोरोना विरुद्धको खोप दिइने

५ देखि ११ वर्ष उमेर समुहका बालबालिकालाई आजबाट कोरोना विरुद्धको खोप दिइने


काठमाडौ- आज देखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पहिलो चरणमा देशका २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइने छ।
पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बालबालिकालाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था गरिएको छ।

देशका बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने तयारी छ। देशमा ५–११ उमेर समूहका बालबालिका ३९ लाख भन्दा धेरै छन्।
बालबालिकालाई प्रदान गर्ने फाइजर खोप सरकारले कोभ्याक्स सुविधा अन्तर्गत एक साताअघि नै अमेरिकाबाट अनुदानमा ल्याएको छ। पहिलो लटमा २२ लाख ३ हजार २ सय मात्रा खोप ल्याइएको छ।

आजदेखि बालबालिकालाई दिन लागिएको खोपको प्रयोग ९१ प्रतिशत प्रभावकारी मानिएको छ। विश्वका धेरै मुलुकमा यो खोप प्रयोग भइसकेको छ।