अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वकिल – न्यायाधीश अडियो काण्ड, राप्रपाले मुद्दा दर्ता गर्ने

वकिल – न्यायाधीश अडियो काण्ड, राप्रपाले मुद्दा दर्ता गर्ने


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई करोड घुसको डिल गर्ने न्यायधीश र अधिवक्ताविरुद्ध मुद्दा दर्ता गर्ने भएको छ । पार्टीको सुशासन विभागका तर्फबाट सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिने राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो ।

२ करोड घुस लिएर इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्ने विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीस राजकुमार पोखरेल र अधिवक्ता रुद्र पोखरेलबीच भएको फोन संवादको अडियो सार्वजनिक भएको थियो ।

यस प्रकरणबारे छानविन गर्न न्यायपरिषदले हिजो छानविन समिति बनाएको छ । गम्भीर अपराधमा मुछिएको न्यायधीश र वकिल दुवैमाथि हदैसम्मको कारवाही माग गर्दै मुद्दा दर्ता गर्न लागिएको शाहीले बताउनुभयो ।

न्यायाधीशलाई पदबाट बर्खास्त र वकिलको लाइसेन्स खारेजी गर्न राप्रपाले माग गर्ने भएको छ ।