अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गाँजासम्बन्धी विधेयक तत्काल संसदमा ल्याउनुपर्छ : एमाले सांसद तामाङ

गाँजासम्बन्धी विधेयक तत्काल संसदमा ल्याउनुपर्छ : एमाले सांसद तामाङ


काठमाडौं – नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रतिनिधिसभामा ल्याउन सभामुखलाई आग्रह गर्नुभएको छ ।

विहीबार संसदमा बोल्दै सांसद तामाङले गाँजासम्बन्धी विधेयक तत्काल छलफलमा ल्याउन माग गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘हामीसँग भएको सम्भावनाको खोजी किन नगर्ने? एउटा समृद्धशाली राष्ट्र बनाऔं त कसले हेप्छ? सभामुख महोदय, गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तत्काल छलफलमा ल्याउन नियमावलीको व्यवस्थाअनुसार अनुमतिको लागि हार्दिक अनुरोध गर्छु ।’

अन्तर्राष्ट्रिय कानुनले नै गाँजा लागुऔषध होइन औषधीय गुण भएको वनस्पति मानेको उहाँको जिकिर थियो । भन्नुभयो, ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता भएको पाँच दिनपछि नै विश्व स्वास्थ्य संगठनको सिफारिसमा संयुक्त राष्ट्रसंघले सबै आफ्ना सदस्य राष्ट्रहरुलाई योसम्बन्धी के हो भनेर प्रश्न पठाएको थियो । त्यसमा नेपालले पनि सकारात्मक जवाफ पठाएको छ । गाँजा लागुऔषध होइन औषधीय गुण भएको वनस्पति हो भनेर अन्तर्राष्ट्रिय सम्झौतामा पनि हस्ताक्षर गरेको छ ।’