अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरेन्द्रनगरको नीति कार्यक्रम : करमा छुटदेखि आकासे पुलसम्म (पूर्णपाठसहित)

वीरेन्द्रनगरको नीति कार्यक्रम : करमा छुटदेखि आकासे पुलसम्म (पूर्णपाठसहित)


काठमाडौं – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी वर्ष नगरबासीका लागि करका दरमा उल्लेख्य मात्रामा छुट दिने भएको छ ।

आज नगरप्रमुख मोहनमाया ढकालले पेश गरेको नीति तथा कार्यक्रममा कम्तीमा पाँच प्रकारका कर छुट दिने घोषणा गरिएको छ । नीति कार्यक्रमको सुरुमै करदाता र करको दायरा बढाउन तर करको दर घटाउने नगरपालिकाको नीति रहेको उल्लेख गरिएको छ ।

ढकालले सावर्जनिक गरेको नीति कार्यक्रममा उल्लेख भए अनुसार हालसम्म व्यवसाय कर नतिरेका व्यावशायीको जरिवाना नगरपालिकाले पूर्ण रुपमा छुट दिने भएको छ । ‘महिला ,अपांग तथा दलित समुदायले सञ्चालन गरेका उद्योग व्यवशायको कर र सेवा शुल्कमा १० प्रतिशत छुट दिइनेछ ’ प्रमुख ढकालले भन्नुभयो ।

यसैगरी सरकारको नाममा लागतकट्टा सिफारिस करलाई पनि निशुल्क गरिएको छ । नगरपालिकाले अपांग मैत्री भवन निर्माणलाई प्रोत्साहन गर्दै त्यस्ता भवन निर्माण गर्दा पनि करमा उल्लेख्य मात्रामा छुट दिने भएको छ । अपांग मैत्री व्यक्तिगत भवनको नक्सापासमा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । यसैगरी घरको पानी घरमै व्यवस्थापन गर्ने गरीको योजना सहित घर नक्साको सिफारिस लिन आउने घरधनीलाई नक्सापास करमा १० प्रतिशत छुट दिने प्रवन्ध गरिएको छ ।

ज्येष्ठ नागरिक, अपांग, गरिब, असाहय, आर्थिक अवस्था कमजोर र छात्रवृतिको सिफारिस लिन आउनेहरुलाई निशुल्क सिफारिस गर्ने व्यवस्था गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

आकासे पुल देखि गौशाला निर्माणसम्म
वीरेन्द्रनगर नगरपालिकाले सघन सवारी चाप हुने क्षेत्र मंगलगढी र एरिचोकमा आकासे पुल निर्माणको बनाउने भएको छ । यसैगरी खानेपानीको समस्या समाधानका लागि भेरीको पानी लिफ्टिङ गरी यसै वर्ष देखि आयोजनाको पहुँच मार्ग निर्माणको काम थलनी गरिने उल्लेख गरिएको छ । यस्तै छाडा चौपायाको व्यवस्थापनका लागि गौशाला निर्माणको काम पनि यसै वर्षबाट सुरु गरिने नीति कार्यक्रममा उल्लेख छ ।

मेयरसँग कृषक महिला कार्यक्रम
नगरपालिकामा महिला मेयर भएको कृषक महिलाहरुले पनि गौरव गर्न सकुन भनेर मेयरसँग कृषक महिला कार्यक्रम सञ्चालन गरिने भएको छ । यसका लागि विभिन्न उत्पादनका पकेट क्षेत्र घोषणा भएका ३ सय जना कृषक महिलालाई कृषि प्रविधी खरिदका लागि ५० प्रतिशत छुट दिने नीति नगरपालिकाले लिएको छ । पौरखी हातहरुलाई सरकारको साथ भन्ने नाराका सहित सहकारी तथा अन्य समुहमा आवद्ध भएका कृषकहरुले उत्पादन गरेको कृषी उपजका आधारमा अनुदान दिने व्यवस्था पनि नगरपालिकाले गरेको छ ।

वीरेन्द्रनगर नगरपालिकाको नीति तथा कार्यक्रममा अरु के के कुरा समेटिएका छन् त ? हेर्नुहोस पूर्ण पाठ