अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौरको नीति कार्यक्रम : सबै विद्यालयमा एउटै रंग

गौरको नीति कार्यक्रम : सबै विद्यालयमा एउटै रंग


गौर- रौतहटको गौर नगरपालिकाका सबै विद्यालयमा आगामी वर्ष देखि एकै प्रकारको रंग रोगन प्रयोग गरिने भएको छ ।
आज नगरपालिकाको नीति तथा कार्यक्रम सावर्जनिक गर्दै नगर प्रमखु शम्भू साहले सो घोषणा गर्नुभएको हो । विद्यालय चिन्न सजिलोहोस र एकरुपता पनि देखियोस भनेर यो निर्णय गरिएको साहले बताउनुभयो ।
यसैगरी नगरपालिका भरीका सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रमको रुपमा बज्जिका र भोजपुरी भाषाको पढाइ गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । शिक्षकहरुलाई विद्यार्थीको नतिजाको आधारमा दण्ड र पुरस्कारको व्यवस्था गरिने साहले बताउनुभएको छ ।
नगरपालिकाकालाई धुवाँमुक्त बनाउन प्रत्येक घरमा इण्डक्सन चुल्हो वितरण गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।