काठमाडौ -मन्त्री पदबाट फिर्ता हुन आफ्नो, सचिवालय र पोलिटव्यूरोको निर्देशन नटेरेपछि माधव नेपालले केन्द्रीय कमिटीको साहारा खोज्नु भएको छ ।
त्यसका लागि आज र भोली नेकपा एसको केन्द्रीय कमिटी बैठक डाकिएको छ । नेपालले दुई साता अघि नै पार्टीका तर्फबाट मन्त्रीभएकाहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गर्नु भएको थियो । तर मन्त्रीहरुले फिर्ता हुनु परे पार्टी छोड्ने धम्की माधव नेपाललाई र आफूह्रुलाई हटाए सरकार ढालिदिने धम्की प्रधानमन्त्रीलाई दिएपछि यो सिफारिस हालसम्म बेवारिसे बनेको छ ।
आफ्नो एकल सिफारिस प्रधानमन्त्रीले नटेरपछि नेपालले सचिवालय र पोलिटव्यूरो बैठकबाट मन्त्री फेर्न निर्णय गराउनुभयो । त्यो निर्णयपछि मन्त्रीहरु झन् उग्र बनेर पार्टी निर्णय नमान्ने भन्दै माधव नेपाल माथी कडा रुपमा प्रष्तुत भए ।
मन्त्री फिर्ता बोलाउने सबै प्रयास असफल भएपछि नेपालले आज र भोली केन्द्रीय कमिटी बोलाउनु भएको छ । तर त्यहाँ पनि चारैजना मन्त्री संगठित रुपमा उत्रने तयारी गरेका छन् । त्यती मात्र होइन संसदीय दलमा १० जनाले हस्ताक्षर गरेर बैठक माग गर्दै निवदेन हालेका छन् । २४ सांसद मध्ये १३ जना आफ्नो समुहमा पुर्याउन प्रेम ओले लगायतका नेताहरु लागि परेको समाजवादी स्रोत बताउछ । १० जनाको समुहले सकेसम्म माधव नेपाललाई संसदीय दलको नेताबाट हटाउने कसरत गरिरहेको छ ।
प्रतिक्रिया