अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा कोरोना संक्रमण दर बढ्दै, ०.५ प्रतिशतबाट बढेर ६ प्रतिशत पुग्यो

नेपालमा कोरोना संक्रमण दर बढ्दै, ०.५ प्रतिशतबाट बढेर ६ प्रतिशत पुग्यो


काठमाडौ- नेपालमा पछिल्ला दिनमा कोरोना सङ्क्रमणको दर बढ्न थालेको छ । स्वास्थ्यका मापदण्ड पालना गर्न छोड्नु र भारतमा पनि सङ्क्रमण बढ्नु यसको मूख् यकारण भएको स्वास्थ्यका अधिकारीहरु बताउछन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार केही समय अघिसम्म ०.५ प्रतिशतमा झरेको संक्रमण अहिले बढेर ६ प्रतिशतसम्म पुगेको छ । संक्रमित धेरैजना परीक्षणको दायरामा नआएकोले यसको दर अझै उच्च हुन सक्ने अनुमान गरिएको छ । संक्रमणको यो दर बढ्दै गएमा स्थिती महामारीतिर लक्षित हुने मन्त्रालयको भनाइ छ । मन्त्रालयका सहप्रवक्त डा.समिर अधिकारीका अनुसार अहिलेको भेरियन्ट कुन प्रजातीको हो भन्ने कुराको परीक्षण भइरहेको अधिकारीले जानकारी दिनुभयो ।