अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राहादानी वितरणमा ढिलाइ भएको भन्दै युवा संघले कार्यलय घेरेपछि विभागले भन्यो : १५ दिनमै जिल्लामा पासपोर्ट पुग्छ

राहादानी वितरणमा ढिलाइ भएको भन्दै युवा संघले कार्यलय घेरेपछि विभागले भन्यो : १५ दिनमै जिल्लामा पासपोर्ट पुग्छ


काठमाडौ -राहादानी वितरणमा ढिलाइ भएको भन्दै युवा संघले विभाग घेराउ गरेपछि विभागले अत्यावश्यक बाहेकका अवस्थामा पासपोर्ट बनाउन काठमाडौं नआउन अनुरोध गरेको छ ।
एक सूचना जारी गर्दै विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको बताएको छ ।

‘काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको छ,’ विभागले सूचनामा भनेको छ, ‘अत्यन्त जरुरी परेका सेवाग्राहीहरुले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनु हुन सेवाग्राहीमा अनुरोध छ ।’