अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वाम गठबन्धन र एकताको चर्चाबीच चिनिया कम्यूनिष्ट पार्टीका विदेश विभाग प्रमुख आज नेपाल आउँदै

वाम गठबन्धन र एकताको चर्चाबीच चिनिया कम्यूनिष्ट पार्टीका विदेश विभाग प्रमुख आज नेपाल आउँदै


काठमाडौ- वाम गठबन्धन र एकताको चर्चा चलिरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आइतबार नेपाल आउँदै हुनुहुन्छ।
परराष्ट्र मन्त्रालयका अनुसार लिउ चारदिने नेपाल भ्रमणका लागि आज आउने कार्यक्रम छ । ।

उहाँ आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैहुनुहुन्छ ।
आगामी बुधबारसम्म यहाँ रहँदा लिउले उच्च राजनीतिक तहमा भेटवार्ता गर्नेछन्। लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट्ने कार्यक्रम छ।
लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट्ने कार्यक्रम छ ।

एक महिनायता नेपालका प्रमुख दलसँग निरन्तर सम्पर्कमा रहेका चिनियाँ वरिष्ठ नेता लिउको भ्रमण तयारीका लागि परराष्ट्र र चिनियाँ दूतावासले समन्वय गरिरहेका थिए।
लिउ भ्रमणका क्रममा सरकारसँग भन्दा पनि वाम पार्टीसँग के कस्तो प्रकारको संवाद हुन्छ भन्ने विेशेष चासोपूर्वक हेरिएको छ ।