अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ काठमाडौंमा

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ काठमाडौंमा


काठमाडौ -चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आज काठमाडौं आइपुग्नु भएको छ । लिउ चार दिने नेपाल भ्रमणको क्रममा आज काठमाण्डौं आइपुग्नु भएको हो । चीनको छेन्दुबाट आएको सीए ४३७ उडान नम्बरको एअर चाइनाको चार्टर विमानबाट केहीबेर अघि काठमाडौंमा अवतरण गरेको हो । लिउ नेतृत्वको टोलीमा छ जना सदस्य छन् ।
लिउलाई परराष्ट्रमन्त्रालयका डेपुटी चिफ अफ प्रोटोकल रेवतीरमण पौडेलले स्वागत गर्नुभयो । उहाँले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्कालाई भेटने कार्यक्रम रहेको छ । मन्त्री खड्काले नेपाली कांग्रेसको केन्द्रीय सदस्यको हैसियतमा लिउको सम्मानमा आजै रात्रिभोज कार्यक्रमको आयोजना गर्नुभएको छ ।

उहाँले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग भेटवार्ता गर्दै हुनुहुन्छ । लिउले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग मंगलवार भेटवार्ता गर्ने कार्यक्रम छ । एमाले अध्यक्ष ओलीलाई लिउले मंगलवार विहान १० बजे बालकोटमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको एमाले विदेश विभाग प्रमुख डा। राजन भट्टराईले जानकारी दिनुभयो ।