अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विभिन्न समुदायका चाडपर्व र धर्म संस्कृतिले राष्ट्रियतालाई बलियो बनाउछ : अध्यक्ष ओली

विभिन्न समुदायका चाडपर्व र धर्म संस्कृतिले राष्ट्रियतालाई बलियो बनाउछ : अध्यक्ष ओली


काठमाडौ -नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न समुदायका चाडपर्व र धर्म–संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनुभएको छ ।
मुस्लिम समुदायको इद–उल–अजाह बकर–इद पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हुनुका साथै धार्मिक सहिष्णुताको चेतनाका दृष्टिले नेपाली समाज उदाहरणीय रहेको छ भन्नुभयो ।

भातृत्व र पारिवारिक मिलनका साथै मानवीयताको पर्वका रूपमा मनाइने इद–उल–अजाहले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने अध्यक्ष ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उहाँले विज्ञप्तिमा इस्लाम धर्मावलम्बीसहित स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । मुस्लिम समुदायका समस्या समाधान गर्दै आपसी सदभाव, सहिष्णुता अभिवृद्धि गरी समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्न यस पर्वले सबैलाई प्रेरणा प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ