अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१० मध्ये ७ वटा वडा सहित बुढीगंगामा एमालेका मेयर -उपमेयर नै विजयी

१० मध्ये ७ वटा वडा सहित बुढीगंगामा एमालेका मेयर -उपमेयर नै विजयी


काठमाडौ -बाजुराको बुढीगंगा नगरपालिका मेयर-उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ ।
भर्खरै सकिएको मतगणनाअनुसार १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भएका हुन् । नेपाली कांग्रेसले ३ वटा वडा जितेको छ । वडा नम्बर १, २, ३ , ५, ७ ९, र १० मा एमाले ४, ७ र ८ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भए ।

मेयरमा एमालेका रामबहादुर बानियाँ विजयी हुनुभएको छ । त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले विजयी हुनुभएको छ ।
बानियाँले ४ हजार ७७७ मत पाउँदा कांग्रेसका रंगबहादुर खाती ३ हजार ७७४ मतमा रोकिए । त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ४ हजार ७२७ र कांग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत ल्याए ।

मेयरमा १ हजार ३ र उपमेयरमा ९७२ मतको फरक छ ।