अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवालाई विश्वप्रकाशको प्रश्न : संवैधानिक परिषद सम्बन्धी विधेयक संसोधन गर्न कसले सल्लाह दियो ?

देउवालाई विश्वप्रकाशको प्रश्न : संवैधानिक परिषद सम्बन्धी विधेयक संसोधन गर्न कसले सल्लाह दियो ?


काठमाडौ -नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषदसम्बन्धी विधेयक संशोधन गर्न लागिएकामा विरोध गर्नुभएको छ ।
उहाँले विधेयक संशोधन गर्नु गलत भएको भन्दै यसलाई अविलम्ब फिर्ता गर्न माग गर्नु भएको छ ।
‘संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ’, महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गर्दै लेख्नु भएको छ । ।