अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संवैधानिक परिषद सम्बन्धी विधेयक ल्याउनु अघि सरकारले जनतासँग माफी माग्नु पर्दछ : अध्यक्ष ओली

संवैधानिक परिषद सम्बन्धी विधेयक ल्याउनु अघि सरकारले जनतासँग माफी माग्नु पर्दछ : अध्यक्ष ओली


काठमाडौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याउनुअघि सरकारले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिनुपर्ने बताउनुभएको छ ।
आज सम्पादकहरूसँगको छलफलका क्रममा ओलीले सरकारले मुद्दा फिर्ता लिएर जनतासँग सार्वजनिक रूपमा माफी पनि माग्नुपर्ने बताउनुभयो ।

विधेयक ल्याउँदा आफूहरूसँग सल्लाह नभएको उल्लेख गर्दै ओलीले भने, ‘गर्नै मिल्दैन, असंवैधानिक छ भनेर सर्वोच्च अदालतमा मुद्दा हलेको छ । यता राष्ट्रियसभा जस्तो ठाउँमा लगेर नगरी हुँदैन, संविधानसम्मत छ भनेको छ । यो भन्दा निर्लज्ज, दुई मुखे दुईजिब्रे अरू के हुन्छ ? यो लज्जास्पद कुरा हो । उहाँहरूले त्यो मुद्दा फिर्ता लिनुपर्छ । हिजो गरेको काममा माफी माग्नुपर्छ । हिजो हामीले जानेनछौँ भनेर नेपाली जनतासँग भन्नुपर्छ ।’