अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नक्कली बिहे गरेर सक्कली डिर्भोस गर्न चाहदैन : अध्यक्ष ओली

एमाले नक्कली बिहे गरेर सक्कली डिर्भोस गर्न चाहदैन : अध्यक्ष ओली


काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले चुनावी गठबन्धनका विषयमा हतारमा निर्णय नगर्ने बताउनुभएको छ । आज सम्पादकहरु सँगको अन्तरक्रियामा गठबन्धन बनाएर सत्तामा पुग्नुलाई नै एमालेले सर्वोपरि नठान्ने उहाँको भनाइ छ ।
ओलीले पटक–पटक विवाह र डिभोर्स हुने प्रवृत्ति समाजमा देखिएको भन्दै यसलाई गठबन्धन निर्माणसँग तुलना गर्नुभयो । उहाँले भन्नुभयो, ‘किन पटकपटक विवाह र डिभोर्स हुन्छ ? किनकि त्यो विवाह साँचो थिएन । डिभोर्स साँचो थियो । एमालेले साँचो डिभोर्सका लागि नक्कली बिहे गर्न हतार गर्दैन ।’