अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीलाई सिपीसीका विदेश विभाग प्रमुख लिउले आज १० बजे भेट्ने

अध्यक्ष ओलीलाई सिपीसीका विदेश विभाग प्रमुख लिउले आज १० बजे भेट्ने


काठमाडौ -चारदिने नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु हुने कार्यक्रम छ ।
एमाले अध्यक्ष ओलीसँग बालकोटमा लञ्च मिटिङको तयारी भएको उहाँको सचिवालयले जनाएको छ । एमाले विदेश विभाग प्रमुख डा.राजन भट्राईका अनुसार
लिउले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेट गर्नुभएको थियो भने सोमबार माओवादी अध्यक्ष प्रचण्डसँग भेट गर्नुभएको थियो । बुधबार राष्ट्रपति भण्डारीसँग भेट गरेपछि लिउ स्वदेश फर्किने कार्यक्रम छ ।