अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिनिया कम्यूनिष्ट पार्टीका विदेश विभाग प्रमुख लीउ अध्यक्ष ओलीलाई भेट्न बालकोटमा (हेर्नुहोस पाँच तस्विरमा)

चिनिया कम्यूनिष्ट पार्टीका विदेश विभाग प्रमुख लीउ अध्यक्ष ओलीलाई भेट्न बालकोटमा (हेर्नुहोस पाँच तस्विरमा)


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसित चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियन्चाओले भेटवार्ता गरिरहनु भएको छ ।

नेपालको चारदिने भ्रमणमा रहेका लिउ अध्यक्ष ओलीलाई भेट्न केहीबेर अघि ओली निवास बालकोट पुग्नुभएको हो ।
यसअघि, उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत व्यक्तिसँग भेटवार्ता गरिसकेका छन् ।
लिउले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ । लिउ नेतृत्वको चिनियाँ टोली गएको आइतबार काठमाडौं आएको थियो ।

भेटमा एमालेको तर्फबट स्थायी कमिटी सदस्यहरु प्रदिप ज्ञवाली,विष्णु रिमाल,डा.राजन भट्राई, विदेश विभाग सचिव डा.अन्जान शाक्य र सदस्यहरु कृष्ण केसी र उषाकिरण भण्डारी हुनुहुन्छ ।