अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपेन्द्रले पार्टी कब्जा गर्न खोजे त्यसैले पुनगर्ठन जरुरी भयो : बाबुराम

उपेन्द्रले पार्टी कब्जा गर्न खोजे त्यसैले पुनगर्ठन जरुरी भयो : बाबुराम


काठमाडौै -जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अर्का अध्यक्ष उपेन्द्र यादवमाथि पार्टी कब्जा गर्न खोजेको आरोप लगाउनुभएको छ । ।
जसपा विभाजनतिर गइरहँदा आज काठमाडौंमा आयोजित आफूपक्षीय केन्द्रीय कार्य समिति बैठकमा ‘पार्टी पुनर्गठनको औचित्य र कार्यभार’ विषयक राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले सो कुरा बताउनुभएको हो ।

‘पार्टी एकता गर्दा विचार, सिद्धान्त र एजेण्डामा आधारभूत समानता कायम नगरिएको होइन, तर कार्यान्वयनको पाटोबाट त्यसको बुझाइमा एकरुपता देखिएन’उहाँले प्रतिवेदनमा लेख्नुभएको छ , ‘कांग्रेस, कम्युनिष्टजस्ता परम्परावादी दलको विकल्प निर्माण गर्दै देशलाई आर्थिक विकास, सुशासन र समृद्धिको युगतिर अभिमुख गर्नु थियो। तर, पार्टी निर्माणको तरिका भने क्षेत्रीय दलतिरै सीमित हुनतिर अभिमुख र अभिप्रेरित देखियो।’
उहाँले देशका अन्य भाग र प्रदेशमा पार्टी निर्माणका लागि संगठित तथा संस्थागत प्रयत्न गर्ने हुटहुटी मूल नेतृत्वमा नै नदेखिएको आरोप उपेन्द्र यादवमाथि लगाउनुभएको छ ।

‘पार्टी एकताका ३ वर्ष किन फलदायी भएनन् पार्टीभित्र के कस्तो समस्या आयो र त्यो गतिरोधमा पुग्यो किन एकतापछिको एक आम चुनावसम्म, एक महाधिवेशनसम्म पनि एकता कायम हुन सकेन ?’बाबुरामको सोधाइ छ ‘यसमा कसको, कुन पक्षको के कस्तो भूमिका रह्योरु आज हामी फेरि पार्टी पुनर्गठन गर्नुपर्ने निष्कर्षमा किन पुग्यौँ यसको गम्भीर समीक्षा हुनु पर्ने देखिन्छ।’