अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लेखा समितीको सभापति आफूले पाउनु पर्ने भन्दै एमालेले बहिस्कार गर्यो बैठक

लेखा समितीको सभापति आफूले पाउनु पर्ने भन्दै एमालेले बहिस्कार गर्यो बैठक


काठमाडौ- सार्वजनिक लेखा समितिको सभापति आफूले पाउनुपर्ने भन्दै नेकपा एमालेले सावर्जनिक लेखा समितीको बैठक बहिस्कार गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको बैठकमा एमालेका सांसदहरूले वर्तमान सरकार गठन भएको एक बर्ष पुग्दा पनि समितिको सभापति सत्तापक्षले नै राखेको भन्दै बैठक बहिष्कार गरेको हो । कांग्रेसका भरतकुमार शाह समिति सभापति हुनुहन्छ ।

सभापति शाहले वार्षिक प्रतिवेदन पारित गरेर छलफल गर्न आग्रह गर्दा एमाले सांसदहरूले सभापतिको राजीनामा माग गरे ।

समिति बैठकमा प्रमुख सचेतक भट्टराईले भन्नुभयो, ‘विगत एक वर्षदेखि समिति सरकारको काम कारबाहीमा पूरै बेखबर जस्तो छ । विगतमा हाम्रो सरकार हुँदा बाक्लै बैठक बस्थे । यसलाई उचित मान्न सकिन्न । राष्ट्रलाई क्षति भयो । लेखा समिति छ कि छैन जस्तो भयो यो देशमा । सरकारले गरेको खर्चको परीक्षण सरकारले नै गर्ने कुरा ठीक भएन । हामी आश्चर्यचकित भएका छौं । लेखा समिति विपक्षलाई दिनैपर्छ ।’