काठमाडौ- संवैधानिक परिषद संसोधन सम्बन्धी विधेयक तत्काल फिर्ता लिन एमाले साँसद शिवमाया तुम्बाहाम्फेले माग गर्नुभएको छ ।
आजको सँसद बैठकमा बोल्दै तुम्बाहाम्फेले आफैंले असंवैधानिक भनेको विधेयक किन फेरी संसदमा ल्याएको भनेर प्रश्न गर्नुभएको छ । ‘हिजो यस्तै विधेयक केपी शर्मा ओली सरकारले ल्याउँदा असंवैधानिक भन्नेहरुले अहिले किन उस्तै कुरा बोकेर आउनुभयो ?’ संसदमा विशेष समय लिएर बोल्दै तुम्बाहाम्फले भन्नुभयो ‘सर्वोच्चमा बिचाराधिन भएको मुद्धामा संसदमा छलफल गर्न मिल्छ ?’


प्रतिक्रिया