काठमाडौ- प्रतिनिधीसभामा उपसभामुखको निर्वाचनका लागि एमालेले साना दललाई सघाउने भएको छ ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीकी साँसद चन्द चौधरी उपसभामुखको उम्मेद्वार हुने करिब निश्चित भएकोले आफूहरुले उहाँलाई नै समर्थन गर्ने नेम्वाङको भनाइ छ । यदी अन्य दलहरुले उम्मेद्वारी नदिएमा तत्काल एमालेले निर्णय गर्ने पनि नेम्वाङले जानकारी दिनुभयो ।
प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुखमा साना दलले उम्मेदवार दिए उसैलाई सघाउने भएको छ । उम्मेदवारी नपरेमा तत्काल निर्णय गरेर आफ्नो उम्मेदवारी दिइने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताउनुभयो । ।
प्रतिनिधिसभाको उपसभामुखका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ । सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराइसकेकी छन् ।




प्रतिक्रिया