अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई कारबाही गर्नुपर्छ : बलबहादुर केसी

शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई कारबाही गर्नुपर्छ : बलबहादुर केसी


काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले २०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचनलाई लिएर सबैभन्दा पहिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई कारबाही गर्नुपर्ने माग गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समितिको बैठकका क्रममा आज आफ्ना भनाइ राख्दै नेता केसीले असहयोग गर्नेमाथि छानबिन गर्ने हो भने सबैभन्दा पहिले सभापति देउवा र वरिष्ठ नेता पौडेलमाथि कारबाही हुनुपर्ने माग गर्नु भएको हो ।

नेता केसीले चुनावमा असहयोग गरेको कुराको हकमा भने सबैभन्दा पहिले माथिबाट कारबाही थाल्नुपर्ने अडान राख्नु भएको छ । उहाँले भन्नुभयो, ‘असहयोग गर्ने र स्वतन्त्रहरुलाई पनि कारबाही गर्ने कुरा पनि बैठकमा उठेको छ । गठबन्धन भएका ठाउँमा स्वतन्त्र उठेका र असहयोग गर्नेलाई कारबाही गर्ने हो भने सबैभन्दा पहिला शेरबहादुरजी र रामचन्द्रजीलाई गर्नुपर्छ। उहाँहरूले नै हामीलाई अन्य दलको चुनाव चिह्नमा भोट हाल्न सिकाएको हो।’