अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा सरकारले स्वास्थ्य क्षेत्रमा गरेका अनियमितताको एमालेले भण्डाफोर गर्ने

देउवा सरकारले स्वास्थ्य क्षेत्रमा गरेका अनियमितताको एमालेले भण्डाफोर गर्ने


काठमाडौ- देउवा सरकारले एक वर्षमा स्वास्थ्य क्षेत्रमा गरेका अनियमितताको फेहरिस्त आज एमालेले सावर्जनिक गर्ने भएको छ ।
नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले दिउसो १ बजे पार्टी केन्द्रीय कार्यलय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिनुभएको छ । पत्रकार सम्मेलनमा सरकारको एक वर्षको स्वास्थ्य क्षेत्रको अडिट पेश गरिने भट्टराईले बताउनुभयो । विगत एक वर्षको अवधीमा मुलुकको स्वास्थ्य क्षेत्र तहसनहस बनाउन गरेका घोटाला,अनियमितता र गलत कामको फेहरिस्त पत्रकार सम्मेलनमा जानकारी दिइने भट्टराईको भनाइ छ ।