अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाको हट स्पट बन्दै मोरङ कारागार,१को मृत्यू, १६ जना संक्रमित

कोरोनाको हट स्पट बन्दै मोरङ कारागार,१को मृत्यू, १६ जना संक्रमित


काठमाडौ -कोरोनाको चौथो लहरको हल्ला चलिरहेका बेला मोरङ कारागारमा एक कैदीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । साता अघि देखि उनमा ज्वरो आइरहेको थियो ।
कोसी अस्पतालमा उपचाररतमध्ये सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको कोसी अस्पतालले जनाएको छ ।
कोरोनाको लक्षण देखिएपछि एन्टिजेन्ट विधिबाट परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले एन्टिजेन्ट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएकोले सबैको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ ।